दफा १२
अधिकार सुम्पन सक्ने

(१) नेपाल सरकारले यस ऐन बमोजिम उठाउँदै आएको सवारी साधन कर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नगरपालिका र गाउँपालिकाले उठाउन पाउने गरी अधिकार सुम्पन सक्नेछ ।

(२) नगरपालिका र गाउँपालिकाले यस ऐन बमोजिम सवारी साधन कर उठाउँदा सो सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकारहरू प्रयोग गर्नेछन्।

(३) उपदफा (२) बमोजिम नगरपालिका र  गाउँपालिकाले असुल गरेको सवारी साधन करको रकम आफ्नो कोषमा जम्मा गर्नु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमका अधिकारहरू प्रयोग गर्न पाउने गरी कुनै अधिकारी वा निकायलाई सुम्पन सक्नेछ ।